आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुरक्षा कारणले Qatar Airways को उडान सेवा अस्थायी रूपमा स्थगित

सुरक्षा कारणले Qatar Airways को उडान सेवा अस्थायी रूपमा स्थगित

89

काठमाडौँ, २० फागुन — Qatar Airways ले आफ्नो उडान सेवा अस्थायी रूपमा स्थगित रहेको जनाएको छ।

बुधबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मार्फत कम्पनीले जारी गरेको अद्यावधिक सूचनामा ‘कतारी हवाई क्षेत्र बन्द गरिएकाले उडान सञ्चालन अस्थायी रूपमा निलम्बित गरिएको छ’ भनिएको छ।

कम्पनीका अनुसार Qatar Civil Aviation Authority ले हवाई क्षेत्र सुरक्षित रूपमा पुनः सञ्चालनका लागि खुला भएको घोषणा गरेपछि मात्रै उडान सेवा पुनः सुरु गरिनेछ। यात्रुको सुरक्षा र उडान सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगित गरिएको कम्पनीले स्पष्ट पारेको छ।

उडान सेवा स्थगनका कारण विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यका यात्रु प्रभावित भएका छन्। कम्पनीले यात्रुलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारीका लागि आधिकारिक माध्यमहरू नियमित रूपमा जाँच गर्न अनुरोध गरेको छ।