भक्तपुर १९ फागुन- नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक दुर्घटना हुँदा घाइते पाँच जना घाइते भएका थिए | घाइते पाच जना मध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।
प्रवक्ता जबेगुका अनुसार घाइते योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।