95
काठमाडौँ, १९ फागुन – आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा डिपफेक भिडियो फैलाएको आरोपमा रामचन्द्र ठाकुर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्।
उनले बालेन्द्र शाह (बालेन) लाई नरेन्द्र मोदी ले जितको शुभकामना दिएको भन्दै नक्कली भिडियो पोस्ट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरी ले साइबर ब्युरोको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो। ‘टेकपाना’ को फ्याक्टचेकपछि भिडियो एआईमार्फत बनाइएको डिपफेक भएको पुष्टि भएको थियो। प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी थप अनुसन्धान भइरहेको छ।