98
काठमाडौं, १९ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदा मतदाताले अनिवार्य रूपमा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथमा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रसमेत मतदानका लागि मान्य हुनेछ।
आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तथा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न पाउने जनाइएको छ।