पर्सा, १२ फागुन — पर्सा क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले घरदैलो तथा मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरेकी छन्।
मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. ९ र १० मा आयोजित कार्यक्रमअन्तर्गत यादवले स्थानीय बासिन्दाको घरघर पुगेर निर्वाचन प्रचारप्रसारसँगै मतदातासँग प्रत्यक्ष संवाद गरेकी हुन्।
कार्यक्रमका क्रममा पर्सा क्षेत्र न. २ की एमाले उम्मेदवार रिमा यादवले आफ्नो उम्मेदवारीको उद्देश्य, विकाससम्बन्धी योजना तथा क्षेत्रका प्राथमिक आवश्यकताबारे जानकारी दिँदै मतदाताको सुझाव र गुनासा समेत सुनेकी थिइन्। स्थानीयले खानेपानी, सडक, सरसफाइ, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेको बताइएको छ।
उम्मेदवार यादवले मतदाताको विश्वास र साथ प्राप्त हुने विश्वास व्यक्त गर्दै चुनावपछि क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धतासहित काम गर्ने धारणा राखिन्। कार्यक्रममा पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
