61
काठमाडौं, १२ फागुन — नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो।