81
पर्सा, ११ फागुन – प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुन्गटा ले वीरगन्ज–३२, चोर्नी र कोनियाका स्थानीय मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गर्नु भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार अनिल रुन्गटाले आफ्नो कार्यक्रममा रोजगारी, शिक्षा, पूर्वाधार विकास र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर पर्सा–१ को समृद्धि र सुरक्षित भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उम्मेदवार रुन्गटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी साथ दिन स्थानीय मतदातासँग आग्रह गर्नु भएको छ।
कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरूले उम्मेदवारको योजनाप्रति उत्साह व्यक्त गर्दै प्रत्यक्ष संवादको पद्धतिलाई प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।
