वीरगन्ज, पर्सा फागुन ११ गते – नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र न. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादव को घरदैलो कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नं. २६ मा उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार यादव टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष रुपमा भेटघाट गरीरहेकी छिन ।
घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन, क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहा लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
टोलीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना प्रस्तुत गरेको थियो। उम्मेदवार रिमा यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उहाँले विशेषगरी युवालाई रोजगारी सिर्जना गर्ने, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड दिने, महिलाको सशक्तीकरण गर्ने र नगर क्षेत्रमा सडक, ढल तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरिन्।