आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन सुरक्षाका लागि पर्सा जिल्लाका १६७ मतदान स्थलमा सीसीटीभी जडान गरिने

निर्वाचन सुरक्षाका लागि पर्सा जिल्लाका १६७ मतदान स्थलमा सीसीटीभी जडान गरिने

91

पर्सा, ८ फागुन — आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जिल्लाभर रहेका कुल १६७ मतदान स्थलमा फागुन १७ गतेसम्म सीसीटीभी प्रणाली जडान गरिने भएको छ। उक्त प्रणालीमार्फत मतदान स्थलहरूको निरन्तर निगरानी गरी फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी शान्तिपूर्ण तथा मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ |