आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि हातपात

बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि हातपात

97

बारा, ८ फागुन —फेटा गाउँपालिका बाराका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयवासीले शुक्रबार बिहान हातपात गरेका छन्।

बारा जिल्लाको फेटा–३ स्थित बजारमा रहेको अन्सारीको घर घेराउ गर्दै स्थानीयले उनीमाथि हातपात गरेका थिए। स्थिति नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

स्थानीय स्रोतका अनुसार बिहीबार राति जन्ती आएका दुई समुदायका युवाबीच कुटाकुट भएपछि गाउँमा तनाव उत्पन्न भएको थियो। सोही विषयमा छलफल गर्न दुवै पक्षका व्यक्तिहरू अध्यक्ष अन्सारीसँग भेट्न पुगेका थिए।

छलफलका क्रममा अध्यक्ष अन्सारीले उक्त विवाद समाधानमा तत्काल भूमिका खेल्न नसक्ने बताएपछि उपस्थित स्थानीय आक्रोशित बनेका थिए। त्यसक्रममा उनीमाथि हातपात भएको र जोगिन उनी आफ्नै घरभित्र प्रवेश गरेका थिए। त्यसपछि आक्रोशित समूहले उनको घर घेराउ गरेको जनाइएको छ।  यता भने अध्यक्ष अन्सारीले सामाजिक संजाल मार्फत भिडियो जारी भएकोमा आफूमाथि कसैले पनि हातपात नगरेको भनिरहेका छन | उनले यो सबै मलाई बदनाम गर्ने एक किसिमको सणयन्त्र हो, म कुटिएको हो भनेकुरा केही ब्यक्तिहरुले अफवाह फैलाए |

घटनापछि सुरक्षाकर्मीले अवस्था थप बिग्रन नदिन तत्काल उद्धार गरी अन्सारीलाई सुरक्षित स्थानमा लगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।