आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सा–२ मा रिमा यादवको घरदैलो, करिब ५ सयभन्दा बढीको सहभागिता

पर्सा–२ मा रिमा यादवको घरदैलो, करिब ५ सयभन्दा बढीको सहभागिता

98

वीरगन्ज २ फागुन
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार पर्सा निर्वाचन क्षेत्र न. २ की रिमा कुमारी यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ | यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गरेकी छिन्। यादवले अलौको सिवानटोला देखि सुरु गरेकी घरदैलो कार्यक्रम बजारटोला पुगेर समापन गरेकी थिइन्। अलौका मतदाताहरुसँग भेटघाट गर्दै उम्मेदवार यादवले आफनो एजेन्डा शिक्षा, स्वास्थ्य तथा विकास निर्माणको कार्य पर्सा निर्वाचन क्षेत्र नं २ मा कसैले पनि नसोचेको जस्तो विकास गर्ने बताईन ।

यादवले आफुले एमालेबाट निर्वाचित भएपछी यस क्षेत्रमा पिछडिएका महिला दलित आदिवासी जनजाति लगायत सम्पुर्णको मागका लागि प्रतिनिधिसभामा आवाज उठाउने बताएकि छिन। कार्यक्रममा स्थानीय बासिन्दाले जितको लागि दही खुवाई माला लगाएर यादवलाई बृद्धवृद्धाहरुले पनि आशीर्वाद दिएका थिए। एक सहभागीले भने, “यसपालि हाम्रो भोट सुर्यलाई, हाम्रो नेता रिमा यादवलाई ।

उक्त कार्यक्रममा जनतासँग संवाद गर्दै भनिन्, “अबको पालो विकास र सुशासनको, अबको पालो समृद्ध पर्साको यस क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी अनि विकासका लागि आफ्नो पहिलो प्राथमिकता रहेको मतदाताहरुसँग प्रतिबद्धता जाहेर गरेकी थिइन्। उम्मेदवार यादवले जनतासँग आफु विजयी भएपछि अरु उम्मेदवार जस्तो चुनाव चुनावमा मात्र देखिने उम्मेदवार नभएको वताईन । घरदैलोमा नेकपा एमालेकी उम्मेदवार रिमा यादवको घरदैलो कार्यक्रममा करिव ५ सयको सँख्यामा सर्वसाधारणहरुको ठुलो सहभागिता रहेको थियो।

कार्यक्रममा सोही वडाबाट निर्वाचित वडाध्यक्ष सन्जु छ्त्कुली वडा सदस्य शेष नेसार अहमद अमोद यादव लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि ठुलो उपस्थिती रहेको थियो।