97
पर्सा, १ फागुन — पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ सानो सुगौलीस्थित एलानी जग्गामा अवैध रूपमा लगाइएको ठूलो परिमाणको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक (प्र.नि.) समुन्न अधिकारीको कमाण्डमा खटिएको टोलीले करिब ३ बिघा क्षेत्रफलमा लगाइएको अन्दाजी ४८,००० गाँजाका बोट फडानी तथा नष्ट गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उक्त अवैध खेती पत्ता लगाई कानुनी प्रक्रिया पूरा गर्दै नष्ट गरेको जनाएको छ।
