80
काठमाडौं, १ फागुन — आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतले नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको ७ सय थान सवारी साधनमध्ये ५ सय ८८ थान सवारी नेपाल आइपुगेका छन्।
निर्वाचन सुरक्षाको व्यवस्थापन तथा कर्मचारी परिचालनलाई सहज बनाउन भारतले नेपाल सरकारलाई अनुदानस्वरूप उक्त सवारी साधन उपलब्ध गराउने घोषणा गरेको थियो। बाँकी सवारी साधनसमेत छिट्टै आइपुग्ने जनाइएको छ।
प्राप्त सवारी साधनहरू निर्वाचन आयोग र सम्बन्धित निकायमार्फत आवश्यकताका आधारमा विभिन्न जिल्लामा वितरण गरिने तयारी गरिएको छ।