आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सा–१ मा युवा शक्ति एकजुट, अनिल रुङ्टा प्रति विश्वासको लहर

पर्सा–१ मा युवा शक्ति एकजुट, अनिल रुङ्टा प्रति विश्वासको लहर

127

पर्सा, १ फागुन – पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ बहुअरीमा जेन–जी युवाहरूको उत्साहजनक सहभागितामा अनिल रुन्गटाको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वडा नं १४ का बुथ सभापतिको नेतृत्वमा आयोजित कार्यक्रममा युवा पुस्ताले भव्‍य स्वागत गर्दै परिवर्तन, पारदर्शिता र परिणाममुखी नेतृत्वप्रति आफ्नो स्पष्ट समर्थन व्यक्त गरेका छन्।

कार्यक्रमका क्रममा युवाहरूले “अब कि बार गगन थापाको सरकार”, “अनिल रुङ्टाको जिन्दावाद”, “अब कि बार १०० पार” लगायतका नारा लगाउँदै चुनावी माहोललाई थप उत्साहित बनाएका थिए। उनीहरूले अबको राजनीति पुराना नाराभन्दा कामका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राख्दै शिक्षा सुधार, प्रविधिमैत्री अवसर, रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन तथा दिगो पूर्वाधार विकासका लागि ठोस योजना आवश्यक रहेको बताएका छन्।

घरदैलोका क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस का अनिल रुङ्टाले मतदातासँग आत्मीय संवाद गर्दै पर्सा क्षेत्र नं. १ लाई समावेशी, आधुनिक र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरे। उनले जनविश्वासलाई नै आफ्नो सबैभन्दा ठूलो पूँजी बताउँदै पारदर्शी र जवाफदेही नेतृत्वमार्फत ठोस परिणाम दिने प्रतिबद्धता व्यक्त गरे।

रुङ्टाले भने, “पर्सा क्षेत्र नं. १ का नागरिकले देखाएको विश्वासले मलाई अझ दृढ बनाएको छ। राजनीति मेरो लागि पद होइन, जिम्मेवारी हो। शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, युवालाई स्वदेशमै सम्भावना, आधुनिक पूर्वाधार र सामाजिक सद्भाव सुदृढीकरणमार्फत पर्सालाई नयाँ दिशातर्फ अगाडि बढाउने मेरो संकल्प छ। तपाईंहरूको भरोसालाई काममार्फत प्रमाणित गर्नेछु।”रुन्गटा ले भने |

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, नेपाल महिला संघ पर्साकी किरण शर्मा, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, नेता रामनिवास यादव, सुरेन्द्र लामिछाने तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जेन–जी युवाहरूले “अबको रोजाई, विकास र विश्वासको रोजाई अनिल रुङ्टा” भन्ने सन्देशसहित रुख चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। उनीहरूका अनुसार पर्सा क्षेत्र नं. १ मा कांग्रेसप्रति युवा पुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ र आगामी निर्वाचनमा जेन–जी नै निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरिएको छ।