वीरगंज, २९ माघ – नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगंज महानगरपालिका वडा नं. ३२ टेडामा आज मतदातासँग भेटघाट गर्नुभएको छ।
भेटघाट कार्यक्रमका क्रममा स्थानीयबासी, सर्वसाधारण र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा नेपाली कांग्रेसप्रति समर्थन जनाउँदै आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार रुङटाको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा बोल्दै रुङटाले पर्सा क्षेत्र नं. १ को समग्र विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना, सडक पूर्वाधार तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताको विश्वास र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उहाँले हरेक घरपरिवारका समस्यालाई राज्यको ध्यानाकर्षण गराई समाधानका लागि पहल गर्ने बताउनुभयो।
बिगतका दिनमा यस क्षेत्रबाट जितेर गएका ले मन्त्री समेत भएर क्षेत्रको विकास गर्न नसक्नु पर्सा क्षेत्र न. १ बासीको लागि दुर्भाग्य भएको रुन्गटाले दुखेसो पोख्नु भयो | नेपाली कांग्रेस देशको मेरुदण्ड हो| नेपाली कांग्रेसले नै यस क्षेत्रको बिकास गर्न सक्षम रहेको रुन्गटाले बताउनुभयो | यसपाली जनता सचेत भएर नेपाली कांग्रेसलाई आफ्नो अमुल्य मत दिन अनुरोध समेत गरे | रुन्गटाको सम्बोधन सुनेर जनताले ताली बजाएर स्वागत गरेका थिए |
वडा न ३२ टेडामा भएको कार्यक्रममा स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।