53
काठमाडौं, २९ माघ – आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजीएन)’ को अध्यक्ष बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अधिकार) का प्रमुख लगायत अन्य व्यक्तिलाई ज्यान मार्ने धम्की दिने एक जना व्यक्ति फिलिपिन्सबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार, प्रकाश पाठक नामक उक्त व्यक्तिलाई एनसिबी मनिला, फिलिपिन्स को समन्वयमा पक्राउ गरिएको हो। उनीमाथि सामाजिक सञ्जाल र विद्युतीय माध्यम प्रयोग गरी धम्कीपूर्ण सन्देश पठाएको आरोप छ।
प्रहरीका अनुसार, पक्राउ परेका पाठकलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।
