आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एक करोड ९७ लाख बिगो दाबी गर्दै गोदावरी नगरपालिकाका इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा

एक करोड ९७ लाख बिगो दाबी गर्दै गोदावरी नगरपालिकाका इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा

126

ललितपुर २७ माघ-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत इन्जिनियर सुवास विष्टविरुद्ध करिब दुई करोड रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर विष्टविरुद्ध मंगलबार विशेष अदालतमा एक करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको हो। पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले विष्टविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको जनाएको छ।

अख्तियारको अनुसन्धानका क्रममा विष्टले आफ्नो वैध आय स्रोतभन्दा एक करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जानकारी दिएको छ। अनुसन्धानमा निज र उनका परिवारका सदस्यहरूको नाममा विभिन्न चल–अचल सम्पत्ति रहेको खुल्न आएको आयोगको दाबी छ।

आयोगले इन्जिनियर विष्ट र उनका परिवारको नाममा रहेको अवैध रूपमा आर्जित सम्पत्ति जफत गरी प्रचलित कानुनअनुसार सजाय गर्न विशेष अदालतसमक्ष माग गरेको छ।