आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रामेछापको मन्थली नजिकै बस दुर्घटना, १२ जनाको मृत्यु

रामेछापको मन्थली नजिकै बस दुर्घटना, १२ जनाको मृत्यु

130

रामेछाप, २७ माघ – रामेछापको मन्थली नजिकै तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटना मङ्गलवार बिहान भएको हो।

काठमाण्डूबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुवाहक बस बिहान करिब ११ बजेतिर सडकबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाण्डू पठाइएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी का अनुसार दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो। मृतक र घाइतेको पहिचान गर्ने काम जारी रहेको बताइएको छ।