आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देश बनाउने कि बिगार्ने फैसला जनताकै हातमा : सभापति लामिछाने

देश बनाउने कि बिगार्ने फैसला जनताकै हातमा : सभापति लामिछाने

93

नवलपरासी, २७ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश जोगाउने जिम्मेवारी अब प्रत्यक्ष रूपमा जनताको हातमा आएको बताएका छन्।

मंगलबार नवलपरासीको सुस्तामा आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई ‘महाभारत युद्ध’ सरह भएको टिप्पणी गरे। उनले भने, “यो महाभारत हो। यहाँ कौरव र पाण्डव छुट्याउने जिम्मा तपाईंहरूको हो। कौरवतिर उभिने कि पाण्डवतिर, यसको फैसला जनताले गर्नुपर्छ।”

लामिछानेले देशमा विद्यमान अस्थिरता अन्त्य गरी विकासको गति लिन पाँच वर्ष टिक्ने स्थायी सरकार आवश्यक रहेको औंल्याए। “एउटै सरकार एकैपटक पाँच वर्षका लागि स्थायी भएर देशका सारा समस्या डम्पिङ साइटमा खसाल्न चाहन्छौं,” उनले भने।

उनले देश निर्माण स्विच थिचेर सम्भव नहुने भन्दै राम्रो कानुन निर्माण र खराब कानुन परिमार्जन आवश्यक रहेको बताए।
सम्बोधनका क्रममा उनले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे। “आफ्ना छोराछोरीलाई रुँदै–रुँदै एयरपोर्टसम्म पुर्‍याउनुपर्ने अवस्था छ। सामान्य जागिरका लागि पनि विदेशिनुपर्ने बाध्यता छ,” उनले भने, “घर–घरमा पीडा छ। सिटामोल नपाएर र उपचार नपाएर नागरिक तड्पिनुपर्ने अवस्था छ। यी सबै बेथितिको हिसाबकिताब अब मतपत्रमार्फत मिलाउनुपर्छ।”

पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै लामिछानेले विश्वविद्यालयदेखि अस्पतालसम्म फैलिएको राजनीतिक भागबन्डा र सिन्डिकेट अन्त्य हुनुपर्ने बताए। “हामी मागी खाने होइन, गरी खाने देश हौं। यसका लागि विधिको शासन र कानुनी राज आवश्यक छ,” उनले जोड दिए।