पर्सा, २५ माघ- प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादव यतिबेला पर्सा क्षेत्र नं. २ मा चर्चाको केन्द्रमा रहेकी छन्। जनताले पुराना नेताहरूलाई अस्वीकार गर्दै नयाँ जोश, ऊर्जा र विश्वासका साथ राजनीतिमा उदाएकी यादवलाई व्यापक समर्थन जनाइरहेका छन्।
राजनीतिमा प्रवेश गरेदेखि नै सरल, सौहार्दपूर्ण र जनमुखी व्यवहारका कारण यादव जनताको मन–मुटुमा बस्न सफल भएकी छन्। यही जनविश्वासका आधारमा नेकपा एमालेले पर्सा क्षेत्र नं. २ को नेतृत्वको जिम्मेवारी यादवको काँधमा सुम्पेको छ।
पढेलेखेकी, शिक्षित, कुशल तथा सक्षम उम्मेदवारका रूपमा चिनिएकी यादव पर्सा क्षेत्र २ को समग्र विकास गर्न सक्षम रहेको स्थानीयवासीको भनाइ छ। घरदैलो कार्यक्रमका क्रममा जनताले उनको नम्र र आत्मीय व्यवहारबाट प्रभावित हुँदै अब अन्य दलको विकल्प नरहेको बताएका छन्। उनीहरूले यस क्षेत्रको विकास गर्न नेकपा एमाले नै सक्षम रहेको भन्दै आगामी फागुन २१ को निर्वाचनमा एमालेकै पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार रिमा यादवले जीत हासिल गरेपछि आगामी दिनमा पर्सा क्षेत्र नं. २ का लागि शिक्षा, स्वास्थ्य, यातायात, कृषि लगायत विकास निर्माणका कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले आफू जनताको आशा र भरोसाको प्रतिनिधि भएको उल्लेख गर्दै एमालेको जित सुनिश्चित गर्न सबैलाई सहयोग र समर्थनका लागि अनुरोधसमेत गरेकी छन्।