आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” शुभारम्भ

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” शुभारम्भ

81

काठमाडौं, २५ माघ- गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२” आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा शुभारम्भ भएको छ । प्रहरी व्यवस्थापन र परिचालन विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयमा केन्द्रित उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले सामाजिक सञ्जाल र साइबर अपराध, प्रहरी पोशाक परिमार्जन तथा ट्राफिक प्रहरीको कार्यबोझ सम्बन्धी तीन अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँले नागरिक समाज र विज्ञहरूसँगको अन्तरक्रियाले प्रहरी सेवाको रणनीतिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सम्मेलनका निष्कर्ष कार्यान्वयनमा सरकारको नीतिगत समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले बदलिँदो अपराध प्रवृत्तिलाई सम्बोधन गर्न सम्मेलन उपयोगी हुने बताउनुभयो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जनउत्तरदायी, व्यावसायिक र प्रविधिमैत्री प्रहरी सेवा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिवसीय सम्मेलनमा सुरक्षा चुनौती, अपराध प्रवृत्ति, प्रहरी–नागरिक सम्बन्ध, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा सडक सुरक्षा लगायत विषयमा छलफल हुनेछ ।