76
काठमाडौँ, २६ माघ – सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले देवनागरी लिपी हटाउने निर्णय संविधान र कानुनविपरीत हुन सक्ने ठहर गर्दै रोक लगाएको हो।
अधिवक्ता रामबहादुर राउत मातृदासले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले नेपाली भाषाको प्रयोग सुरक्षित रहने अवस्था सिर्जना गरेको छ। आदेशपछि अधिवक्ता राउतले यसलाई नेपाली भाषाको पक्षमा ऐतिहासिक जित भएको बताएका छन्।