आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका मतपत्र यही महिनाको अन्तिमबाट जिल्लामा पठाइने

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका मतपत्र यही महिनाको अन्तिमबाट जिल्लामा पठाइने

85

काठमाडौं, २५ माघ — फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छापिएका मतपत्र यही माघ महिनाको अन्त्यबाट सम्बन्धित जिल्लामा पठाइने भएको छ । निर्वाचन आयोगले मतपत्र ढुवानीको तयारी तीव्र पारेको जनाएको छ ।

शनिबार आयोगमा बसेको मतपत्र ढुवानी समितिको बैठकले छापेर तयारी अवस्थामा राखिएका मतपत्र जिल्लामा पठाउन सुरु गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुनको पहिलो साताभित्र सबै मतपत्र सम्बन्धित जिल्लामा पुर्‍याइसक्ने लक्ष्य राखिएको छ ।

मतपत्र नेपाली सेनाको सुरक्षामा सम्बन्धित जिल्लामा पठाइने आयोगले जनाएको छ । सेनाले मतपत्र जिल्लामा पुर्‍याएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउनेछ भने आवश्यकताअनुसार त्यसको सुरक्षा पनि सेनाले नै गर्नेछ ।

“मतपत्र पुर्‍याइएका जिल्लामा कुन कार्यालयमा राख्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,” प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र एकैपटक ढुवानी गर्ने तयारी गरेको छ । हाल जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिरहेको छ । समानुपातिकतर्फका मतपत्र छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फका मतपत्रको छपाइ कार्य जारी रहेको आयोगले जनाएको छ ।