वीरगञ्ज, पर्सा २४ माघ —
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङ्टाको घरदैलो कार्यक्रमले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक उत्साह र जनसमर्थन बढाएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३१ र ३२ मा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“सुझबुझको आवाज” नारासहित सञ्चालन गरिएको कार्यक्रममा गल्ली–गल्ली र चोक–चोकमा चुनावी माहोल देखिएको थियो। विभिन्न दल परित्याग गरी सयौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गर्नुले रुङ्टाप्रति जनविश्वास बढ्दै गएको संकेत गरेको छ।
कार्यक्रममा सहभागीहरूले विकास, रोजगारी, शिक्षा र पूर्वाधार सुधारका विषयमा अपेक्षा राख्दै अनिल रुङ्टालाई भारी मतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीसहित पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
