85
काठमाडौं, २१ माघ – चारदिने जापान भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार जापान प्रस्थान गरेको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुई देशबीचको सम्बन्ध मजबुत बनाउने तथा व्यापार, पर्यटन र शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको जनाइएको छ।
