113
काठमाडौं, २१ माघ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीका अध्यक्ष केपी शर्मा ओली लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा र देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता भएको बताए। उनले अध्यक्ष ओलीको नाम प्रस्तावसहित पार्टी चुनावमा प्रवेश गरिएको स्पष्ट गरे।
उपाध्यक्ष थापाले भने, “देश बनाउनेहरूलाई जिताउनुपर्ने आवश्यकता छ। नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाका अनुसार काम भइरहेको अवस्थामा अनेक पक्षहरूले अघिल्लो सरकारलाई विस्थापित गर्न खोज्दा जनताले यसलाई मनन गर्ने विश्वास छ।”
थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको मुद्दामा चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिएका छन्।