आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामा १८ हजार ८ सयले घट्यो

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, सुन तोलामा १८ हजार ८ सयले घट्यो

87

काठमाडौँ, १८ माघ — नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आइतबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घट्दै ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ रहेको थियो।