आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पर्सामा चार सयभन्दा बढी जेन्जी युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

पर्सामा चार सयभन्दा बढी जेन्जी युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

128

पर्सा, १७ माघ — पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियञ्जन यादव, सञ्जीत साह, दानिश सेखलगायत चार सयभन्दा बढी युवा सहभागी थिए।
कार्यक्रममा पार्टी प्रवेश गर्दै जेन्जी युवा नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुकमा वास्तविक परिवर्तन गर्न सक्ने दाबी गरे। उनले पर्सामा रास्वपालाई विजयी गराउन सम्पूर्ण जेन्जी युवा शक्ति एकजुट भएर लाग्ने बताए। साथै सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत प्रमुख जेन्जी नेताहरू यसअघि नै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै रास्वपाले जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरूको रोजाइ यही पार्टी भएको स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। युवाहरूको साथ र समर्थन पाएकाले ढुक्कसँग चुनाव जित्ने विश्वास व्यक्त गर्दै उनले चुनावमा हुने पैसाको चलखेल कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए।
कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।