आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रचण्ड भन्छन्: ‘प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन’

प्रचण्ड भन्छन्: ‘प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन’

140

काठमाडौं, १७ माघ- 
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने विषयमा आफ्नो कुनै ध्यान नरहेको बताएका छन्।
सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले “प्रधानमन्त्री फेरि भएरै छोड्ने?” भन्ने प्रश्न गरेपछि जवाफमा उनले भने, “त्यतातिर मेरो ध्यान छैन।”

प्रचण्डले पछिल्लो समय भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका नेतामध्येबाट कोही पनि प्रधानमन्त्री नबन्ने दाबी गर्दै आएका छन्। उनका अनुसार अहिलेको मुख्य लक्ष्य सत्ता होइन, राजनीतिक एकता हो।
हाल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसले सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन्।

कार्यक्रममा बोल्दै प्रचण्डले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म आफ्नो पार्टीको एकता अभियान जारी रहने बताए। “सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ,” उनले भने, “विचार मिल्ने सबै पार्टीसँग हामी एकता गर्छौं। राष्ट्रलाई एक बनाएर छोड्छु।”