131
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी निर्वाचनमा जाने निर्णय गरेको हो।
केन्द्रीय समितिको बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
उपसभापति शर्माका अनुसार जेनजी (Gen-Z) विद्रोह र परिवर्तनको अपेक्षालाई सम्बोधन गर्न योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको हो। कांग्रेसले नयाँ पुस्ताको चाहना र देशको बदलिँदो राजनीतिक परिवेशलाई ध्यानमा राख्दै यो निर्णय लिएको शर्माले बताए।