आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News महँगो गाडी र पहिरनमा बालेनको चुनावी यात्रा

महँगो गाडी र पहिरनमा बालेनको चुनावी यात्रा

153

झापा, ९ माघ-  झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार यात्रा सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

बालेनले पूर्वी झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङस्थित पाथीभरा मन्दिरसम्म यात्रा गरेका हुन्। उक्त यात्रा चुनावी प्रचारका क्रममा गरिएको बताइएको छ। तर, उनले प्रयोग गरेको गाडी र पहिरनलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ।

बालेनले प्रयोग गरेको गाडी बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट रहेको बताइन्छ। सो गाडीको मूल्य आधारभूत मोडेलमा कम्तीमा दुई करोड रुपैयाँदेखि पछिल्लो भेरियन्टमा आठ करोड रुपैयाँसम्म पर्ने अनुमान छ। स्रोतका अनुसार उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेश मालपानीको नाममा दर्ता रहेको दाबी गरिएको छ। बालेन हाल यही गाडी प्रयोग गर्दै तेह्रथुम र धनकुटाको बाटो हुँदै फर्किँदै छन्।

महँगो गाडी मात्र होइन, बालेनले लगाएको पहिरन पनि आलोचनाको केन्द्रमा परेको छ। ‘गरिबको चमेली’ जस्ता गीतलाई र्‍याप शैलीमा प्रस्तुत गरेर चिनिएका बालेनले प्रयोग गरेको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली बजार मूल्य करिब ३५ हजार रुपैयाँ पर्ने बताइन्छ।

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका बालेनको चुनावी शैली, प्रयोग गरिएको गाडी र पहिरनलाई लिएर चर्चा को बिषय बन्दै गएको छ।