61
काठमाडौँ, ९ माघ — आज शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन शुक्रबार बढेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ सय २० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ कायम भएको छ।