आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओलीप्रति कृतज्ञता व्यक्त गर्दै प्रदीप यादव पर्सा–१ का एमाले उम्मेदवार

ओलीप्रति कृतज्ञता व्यक्त गर्दै प्रदीप यादव पर्सा–१ का एमाले उम्मेदवार

96

वीरगञ्ज (पर्सा), माघ ५
नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–१ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

आइतबार राति जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका यादवले जसपा नेपालमा आफूविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टी छाडेको बताएका छन्। एमालेले आफूमा भरोसा गरेर उम्मेदवार बनाएकोमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

मंगलबार मनोनयन दर्ता भएकाले आज सोमबारदेखि निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियानमा लाग्ने यादवको योजना रहेको छ।