आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जनकपुरधाममा बालेन शाह र पूर्वयुवराजा पारस एउटै होटलमा बास

जनकपुरधाममा बालेन शाह र पूर्वयुवराजा पारस एउटै होटलमा बास

156

जनकपुरधाम, माघ ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराजा पारस शाह जनकपुरधामस्थित एउटै होटलमा बास बसेका छन्।
आइतबार साँझ जनकपुरधाम आइपुगेका बालेन शाह र विराटनगरबाट आएका पूर्वयुवराजा पारस शाह यहाँको ‘मिथिला यात्री निवास’ होटलमा बसेका स्रोतले जनाएको छ। स्रोतका अनुसार पूर्वयुवराजा पारस शाहसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि सोही होटलमा रहेको बुझिएको छ।

रास्वपाले आज जनकपुरधाममा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’मा सहभागी हुन बालेन शाह हिजो साझ हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्।

उता, पूर्व राजपरिवारका सदस्यहरू भने विराटनगर हुँदै स्थलमार्ग प्रयोग गरी जनकपुरधाम आएको बताइएको छ। दुवै पक्ष एउटै होटलमा बास बसे पनि उनीहरूबीच भेटघाट भएको वा नभएकोबारे आधिकारिक जानकारी आएको छैन।