आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गगन थापा समूहलाई मान्यता दिएको निर्णय बदरको माग गर्दै देउवा पक्षको रिट

गगन थापा समूहलाई मान्यता दिएको निर्णय बदरको माग गर्दै देउवा पक्षको रिट

69

काठमाडौं, ४ माघ –  नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
कांग्रेस नेताद्वय शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले उक्त रिट दायर गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार ६ माघ मा हुने तय भएको छ ।

रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न, यही माघ ६ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवार मनोनयन स्थगन गर्न तथा निर्वाचनबाट गठन भएको नयाँ कार्यसमिति अवैधानिक रहेको जिकिर गरिएको छ ।

निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णयले पार्टीभित्र विवाद चर्किएको अवस्थामा देउवा पक्षले अदालतको शरण लिएको हो । यस विषयमा सर्वोच्च अदालतको आदेशले कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण असर पर्ने देखिएको छ ।