आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गृहसचिव श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृहसचिव श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

72

काठमाडौं, ४ माघ-  गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ । उक्त अवसरमा उहाँलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

गृहसचिव श्रेष्ठले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । सीमित स्रोतसाधनका बाबजुद अपराध नियन्त्रण, शान्ति सुरक्षा र कानून कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले प्रहरी सेवालाई अझ व्यावसायिक र नागरिक–केन्द्रित बनाउन निर्देशन दिनुभयो ।

आसन्न निर्वाचनलाई सफल बनाउन उच्च समन्वय र योजनाबद्ध कार्य आवश्यक रहेको उल्लेख गर्दै गृह मन्त्रालयले आवश्यक सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्राप्त निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल प्रहरीलाई जनमुखी, प्रविधिमैत्री, उत्तरदायी र विश्वसनीय बनाउने दिशामा संगठन निरन्तर क्रियाशील रहेको बताउनुभयो ।