आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय भेला वीरगंजमा सम्पन्न

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय भेला वीरगंजमा सम्पन्न

134

वीरगंज, ३ माघ –  नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिद्वारा आयोजित क्षेत्रीय भेला आज वीरगंजमा सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुन् गइरहेको प्रतिनिधिसभा चुनावबारे पर्सा जिल्लामा क्षेत्रमा कसरी जीत हासिल गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल भयो |  आयोजित क्षेत्रीय भेलामा आफ्नो मन्तब्यको क्रममा संविधान सभा सदस्य अनिल रुङटाले गगन थापा नेतृत्वको पक्षलाई सकारात्मक रहेको भन्दै पर्सा जिल्लामा पनि पार्टीका सबै सदस्य एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए। मन्तब्य कै क्रममा कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मीले भने, “कांग्रेस भित्र नेतृत्वलाई लिएर विवाद गरी पार्टी चल्दैन। नयाँ नेतृत्वको सम्मान गर्दै हामीले आफ्नो जिल्लालाई पनि फुटको संघारबाट बचाउनुपर्छ। अब पार्टीलाई बलियो बनाई चुनाव केन्द्रित भएर अगाडि बढ्ने बेला आएको छ।” बताउनुभयो |

कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, बूथ सभापति, तरुण दल, नेपाल विद्यार्थी संघ र सम्पूर्ण वडाका नेता तथा कार्यकर्ताहरूले पनि सहभागिता जनाएका थिए। अन्य वक्ताहरूले पार्टीप्रति आफ्नो दृढता व्यक्त गर्दै संगठनलाई जनस्तरसम्म बलियो बनाउनेमा जोड दिए।

भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा पार्टीको भूमिकाबारे व्यापक छलफल भएको थियो। अन्य नेताहरूले भने पार्टीलाई थप सक्रिय र प्रभावकारी बनाउँदै आगामी चुनौतीका लागि तयार रहनुपर्नेमा जोड दिए।

भेलाको अध्यक्षता क्षेत्रीय कार्य समितिका कार्यवाहक सभापति अनिल सिंहले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा संविधान सभा सदस्य अनिल रुङटा सहभागीता रह्यो |  यसरी विशिष्ट अतिथिमा पार्टीका उपसभापति राम नारायण कुर्मी, वीरगंज महानगरपालिकाका उप–मेयर इम्तियाज आलम,  कांग्रेसका नेता रामनिबास यादव, बेद प्रकाश कुर्मी लगायत पार्टीका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो।