आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

191

काठमाडौँ, २ माघ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जानकारी दिएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूची आज शुक्रबारदेखि लागू हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।