आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ट्राफिक सप्ताह २०८२ अन्तर्गत दीप प्रज्वलन कार्यक्रम सम्पन्न

ट्राफिक सप्ताह २०८२ अन्तर्गत दीप प्रज्वलन कार्यक्रम सम्पन्न

116

काठमाडौँ, १ माघ-
“सडक दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज छैटौँ दिन सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

माईतीघर मण्डलामा आयोजित उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न कार्यालयहरूको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। साथै, काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा समेत दीप प्रज्वलन कार्यक्रम गरी सडक दुर्घटनाप्रति सचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीज्यूले कार्यक्रममा बोल्दै सडक दुर्घटना न्यूनिकरणका लागि सबै सरोकारवाला निकाय र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले ट्राफिक नियमको पालना, सचेतना अभिवृद्धि र जिम्मेवार सवारी सञ्चालनबाट मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने बताउनुभयो।