आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News यूएई अध्ययनको बहानामा ठगी गर्ने पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएई अध्ययनको बहानामा ठगी गर्ने पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ

100

काठमाडौं, १ माघ — विदेशमा अध्ययन गराइदिने बहानामा विद्यार्थी तथा अभिभावकबाट ठूलो रकम असुली गरेको आरोपमा पाँच वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी)का सञ्चालकलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यी कन्सल्टेन्सीहरूले यूएईस्थित कलेजमा क्रेडिट ट्रान्सफर, अकाडेमिक कोर्स, र ट्रेनिङ इन्स्टिच्युटमा भर्ना गराइदिने भन्दै प्रतिव्यक्ति ४ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम असुली गरेको खुल्न आएको हो।

पक्राउ पर्ने कन्सल्टेन्सीहरूमा Best Path Education Pvt. Ltd., Mercy Education Consultancy Pvt. Ltd., Cityhub Education Network Pvt. Ltd., र Kantipur Abroad Consultant Pvt. Ltd. (काठमाडौं र ललितपुर) रहेका छन्।
CIB का अनुसार यी कन्सल्टेन्सीहरूले विद्यार्थी पठाइदिने भन्दै उच्च शिक्षा मन्त्रालय/CAA बाट मान्यता प्राप्त नभएका संस्थाहरूमा भर्ना गराउने प्रलोभन देखाएर ठगी गरेका थिए। अहिले सम्बन्धित अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढिरहेको छ |

नेपाल प्रहरीले विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि आधिकारिक र मान्यता प्राप्त कलेज तथा संस्थाबाट मात्र भर्ना प्रक्रियामा सहभागी हुन सचेत रहन आग्रह गरेको छ।