आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन

115

काठमाडौँ, १ माघ — नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टीको सभापतिमा चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूको सर्वसम्मत निर्णयबाट थापा सभापतिमा चयन भएका हुन्।
महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ। त्यस्तै महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदायबाट पदाधिकारी चयन गरिएको छ। महिलातर्फबाट डा। डिला संग्रौला पन्त, दलिततर्फबाट प्रकाश रसाइली, आदिवासी–जनजातितर्फबाट बहादुर सिंह लामा, खस–आर्यतर्फबाट उदय शम्शेर राणा, मधेसीतर्फबाट मुक्ताकुमारी यादव, मुस्लिमतर्फबाट फर्मुल्ला मन्सुर, थारूतर्फबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरेको कांग्रेसले जनाएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीलाई सशक्त, समावेशी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।