आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीद्वारा मानव आश्रम वीरगंजको अवलोकन

पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीद्वारा मानव आश्रम वीरगंजको अवलोकन

140

वीरगंज पर्सा, २८ पुष — नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति, प्रदेश सांसद तथा पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीले आज मानव आश्रमको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पूर्वमन्त्री क्षेत्रीले मानव आश्रममा आश्रित असहाय आमा–बुबाहरूसँगै बसेर दिउँसोको खाजा समेत गर्नुभएको थियो।
आश्रम भ्रमणका क्रममा उहाँले असहाय तथा बेसहारा व्यक्तिहरूको सेवा र संरक्षणप्रति आफ्नो चासो व्यक्त गर्दै व्यक्तिगत रूपमा तथा प्रदेश सरकारको तर्फबाट सम्भव हुने सहयोग, साथ र समन्वय सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले पूर्वमन्त्री क्षेत्रीको यस मानवीय पहलको सराहना गर्दै सामाजिक क्षेत्रको विकास, असहाय तथा कमजोर समुदायको संरक्षण र सेवामा यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताएका छन | मानव आश्रमले लामो समयदेखि असहाय, वृद्ध, अपाङ्ग तथा बेसहारा व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका क्षेत्रमा कार्य गर्दै आएको छ।