आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कांग्रेस विशेष महाधिवेशनका लागि बहुमत जुट्यो, ६२ प्रतिशतले गरे हस्ताक्षर

कांग्रेस विशेष महाधिवेशनका लागि बहुमत जुट्यो, ६२ प्रतिशतले गरे हस्ताक्षर

103

काठमाडौं, २७ पुस-  नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ दशमलव ४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। आइतबार आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी महामन्त्री गगनकुमार थापाले उक्त जानकारी दिएका हुन्।

थापाका अनुसार पार्टीभित्र देखिएका राजनीतिक तथा संगठनात्मक विषयहरूमा छलफल र निकास खोज्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै बहुमत प्रतिनिधिहरूले लिखित समर्थन जनाएका हुन्। पार्टी विधानअनुसार कम्तीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग भएमा विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्। नेपाली कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
पार्टी नेतृत्व, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक परिस्थितिबारे गहन छलफल गर्ने उद्देश्यले विशेष महाधिवेशन आयोजना गरिएको नेताहरूले बताएका छन्।