आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु

कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु

113

काठमाडौं, २७ पुस — नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। विशेष महाधिवेशन आयोजक समितिका अनुसार कार्यक्रम आज दिउँसो १ बजे उद्घाटन गर्ने तय भए पनि केही ढिलाइका साथ उद्घाटनसत्र सुरु भएको हो।
आयोजक समितिका संयोजक पाण्डेयका अनुसार उद्घाटनसत्र सम्पन्न भएपछि भृकुटीमण्डपस्थित सभाहलमा बन्दसत्र सञ्चालन गरिनेछ। कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यो महाधिवेशन दुई दिनसम्म चल्नेछ।
महाधिवेशनको पहिलो दिन आज प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ। आयोजकका अनुसार आठ वटा ‘स्टल’मार्फत नाम दर्ता भइरहेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गर्ने भनिए पनि व्यवहारमा भने बिहान ९ बजेदेखि मात्र नाम दर्ता प्रक्रिया सुरु भएको थियो।