आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेस आन्दोलनका उपलब्धि जोगाउन जसपा र जसपा नेपालबीच पार्टी एकता- यादव

मधेस आन्दोलनका उपलब्धि जोगाउन जसपा र जसपा नेपालबीच पार्टी एकता- यादव

154

वीरगंज, १४ पुस – जनता समाजवादी पार्टी (जसपा) का पूर्वमन्त्री प्रदीप यादवले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढीकरणका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग पार्टी एकता गरिएको बताएका छन्।
सोमबार जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पूर्वमन्त्री यादवले उक्त प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री यादवले मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको संघीयता र गणतन्त्रको संरक्षण तथा सम्बर्धन, साथै मधेस र मधेसी जनताको अधिकार सुनिश्चित गर्न वर्तमान बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता अपरिहार्य रहेको उल्लेख गरेका छन्।
मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गर्दै दुवै पार्टीबीच एकता गरिएको उनको भनाइ छ। यस एकताले मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै राजनीतिक संघर्षलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।