आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगद्वारा मेयर बालेनसँग सोधपुछ

भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगद्वारा मेयर बालेनसँग सोधपुछ

95

काठमाडौं, ७ पुस- राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ।
आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका क्रममा मेयर शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्ति तथा त्यससँग सम्बन्धित अन्य घटनाक्रमबारे जानकारी लिएको हो।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले आयोगले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै त्यसैक्रममा विभिन्न व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिएको बताए। सोमबार भएको सोधपुछका विषयमा भने उनले कुनै व्यक्तिको नाम उल्लेख नगरी आफूलाई यकिन नभएको प्रतिक्रिया दिए।
आयोगका अनुसार भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घन भए–नभएको विषयमा तथ्य संकलन तथा अध्ययन भइरहेको छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक निष्कर्षसहित आयोगले थप कदम चाल्ने बताएको छ |