आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री कार्कीको सिफारिसमा चार नयाँ मन्त्री नियुक्त, शीतलनिवासमा शपथग्रहण

प्रधानमन्त्री कार्कीको सिफारिसमा चार नयाँ मन्त्री नियुक्त, शीतलनिवासमा शपथग्रहण

135

काठमाडौँ, २६ मङ्सिर – आज प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नामलाई मन्त्री नियुक्त गरेका हुन्।

राजेन्द्र सिह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, माधव चौलागाईंलाई वन तथा वातावरण र कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले शपथग्रहण गरेका हुन्। यससँगै प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद्‌ १४ सदस्यीय बनेको छ। प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानीसहित तीन मन्त्रालय भने आफूसँगै राखेकी छन्।