115
मधेस प्रदेश, ३ कार्तिक – मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल “पदअनुकूल आचरण नगरेको” आरोपमा बुधबार विशेष बैठकमार्फत दुई तिहाइभन्दा बढी मतले पदमुक्त भएका छन्। उपसभामुख बबिता कुमारी राउत ईशरको सभापतित्वमा बसेको बैठकमा प्रस्तावको पक्षमा ७६ मत परे, विपक्षमा शून्य मत आएको थियो।
गत २७ कात्तिकमा सात दलीय गठबन्धनका ६४ सांसदले मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। आरोपहरूमा सदन मनोमानी संचालन, सांसदलाई बोल्न नदिने र आक्रमणसमेत गरेको उल्लेख गरिएको थियो।
मतदान सुरु हुनुअघि नै एमाले सांसदहरू बैठकबाट बाहिरिएपछि प्रस्ताव सहजै पारित भयो। सभामुख पद रिक्त भएसँगै अब प्रदेशसभाले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउनेछ।