आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बिहारमा पुनः नितिश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

बिहारमा पुनः नितिश कुमार नै मुख्यमन्त्री बन्ने पक्का

135

भारत, ३ कार्तिक – भारतको बिहारमा नितिश कुमार मुख्यमन्त्री बन्ने पक्का भएको छ। बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिश कुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्दै उनलाई सरकार गठनको नेतृत्व दिने निर्णय गरेको हो।

बैठकपछि नितिश कुमार राजभवन पुगेर राज्यपालसमक्ष सरकार गठनका लागि औपचारिक दाबी पेश गरेका छन्। यससँगै उनी १०औँ पटक बिहारको मुख्यमन्त्री बन्ने तयारीमा छन्।

शपथग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा आयोजना हुने जनाइएको छ। सो समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री र केन्द्रीय मन्त्रीहरूको उपस्थिति रहनेछ। हालै सम्पन्न २४३ सदस्यीय बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले २०२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।