आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

122

वीरगंज, २ मङ्सिर — नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई मंगलबार पक्राउ गरेको हो।

अख्तियारका अनुसार छुट जग्गा दर्ता प्रक्रियामा कर्मचारीले आलटाल गर्दै, काम गर्न बिभिन्न बहाना बनाई सेवाग्राहीको काम नै नगरी दुखः दिदै  उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट लिइएको सो रकमसहित उनीहरूलाई वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय (पर्सा १, २, ३ नम्बर नापी टोली) को कार्यालयभित्रैबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका कर्मचारीमाथि अख्तियारले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।